User login

Navigation

पिएकै छैन मैले, पिलाएँ भन्छौ तिमी

गजल

पिएकै छैन मैले, पिलाएँ भन्छौ तिमी
प्यालामा बरफ सरि बिलाएँ भन्छौ तिमी

आँखाले के-के बोल्छौ, भुतुक्कै पार्छौ मलाई
भन्नलाई 'ओठहरू सिलाएँ' भन्छौ तिमी

बागमा बगेको त्यो स्वच्छन्द पवनसँगै
फूलले झैँ आफ्ना कदम मिलाएँ भन्छौ तिमी

जता म जाऊँ चर्चा चलेकै हुन्छ अचेल
'हेर त कत्रो नाउँ दिलाएँ !' भन्छौ तिमी ।