User login

Navigation

Writings

जंगलसँगको मेरो सम्बन्ध
निकै पुरानो हो
आदिकालमा मेरा पुर्खा
जंगलमै बस्थे
पछि बिस्तारै उनीहरुले
गाउँ, बस्ती हुँदै
शहर बसाले
तर जङ्गलसँगको तिनको सम्बन्ध
कायमै रह्यो
कहिले परिबन्दमा परेर
भगवान राम अनि पाण्डवहरु
जंगल पसे
कहिले भने ज्ञानको खोजीमा
गौतम बुद्ध
जंगल पसे
 
स्मृतिपटबाट
झन्डै झन्डै धुमिल भइसकेको
जंगलसँगको मेरो सम्बन्ध
ब्यूँताउनेगरी
आज फेरि
मेरा रामसीताहरु जंगल पसेकाछन्
 
म कल्पनामात्रमै रमाउँछु
रामले झैं
करुणामयी आभा छर्दै
उनीहरु नगर प्रवेश गर्ने छन् !
बुद्धले झैं
शान्तिको असीम ज्योति बोकेर
उनीहरु जंगलबाट फर्किनेछन्
 
एउटा संग्लो ब्रम्हाण्ड

पिएकै छैन मैले, पिलाएँ भन्छौ तिमी
प्यालामा बरफ सरि बिलाएँ भन्छौ तिमी

Syndicate content